टेलिभिजन बहसमा ट्रम्प र बाइडेनबीच चर्काचर्की

news-details

एजेन्सी / अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार पहिला प्रत्यक्ष बहस ‘चर्काचर्की’ का बीच टुंगिएको छ ।

नोभेम्बरमा हुन लागेको चुनावमा दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलो प्रत्यक्ष बहस दुबैले चर्को स्वरले बोल्ने क्रममै सकिएको हो ।

अमेरिकी सञ्चारमाध्यमले फक्स न्यूजका क्रिस वालसले सञ्चालन गरेको बहसलाई ‘इतिहास’ मै खराब भनेका छन् । बहसका क्रममा राष्ट्रपति ट्रम्पले प्रतिस्पर्धी बाइडेनको जवाफको क्रममा निरन्तर अवरोध गरेपछि सञ्चालकले रोक्नुपरेको थियो ।

कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रता सहितका विषयमा दुबैले बहसमा धारणा राखेका छन । बहसका क्रममा ट्रम्पले चुनावी नतिजा जस्तो आएपनि स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाइडेनले जे नतिजा आए पनि स्वीकार गर्ने बताए । कर छलिको आरोप लागेका ट्रम्पले आफुले दशौं लाख कर तिरेको दावी गरे । तर त्यसको विवरण दिएनन । ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला बहस भएको हो ।

बाइडेनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन् । त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिएको छ । हालै राष्ट्रपति ट्रम्पले ७ सय ५० डलर आयकर तिरेको सार्वजनिक भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *