बर्लिनमा सरकारको विरोधमा हजारौँको प्रदर्शन

news-details

जर्मनीमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले बर्लिनमा सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै प्रदर्शन भएको हो ।

ब्रेडनवर्ग गेटमा हजारौँ मानिसको भिड देखिएको बीबीसीले जनाएको छ । प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए ।

उनीहरूले भौतिक दूरीको नियमसमेत पालना गरेका छैनन् । प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए ।

प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए ।

जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवाना गरिने जनाएकी छिन् । जर्मनी कोरोनाबाट अत्यन्तै प्रभावित छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *