जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

news-details

जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् । उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने। ​ पैँसठ्ठी वसन्त पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *