अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु, पाँच लाख मानिस विस्थापित

news-details

अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु भएको छ ।

लौरा ब्यारेल नाम दिइएको आँधीका कारण ५ लाख मानिस विस्थापित भएका छन् ।

लुदियानाका अधिकांश घरहरु ध्वस्त भएका छन् । बिजुली आपूर्ति बन्द भएका कारण लाखौं जनता अँध्यारोमा बस्न बाध्य छन् ।

प्रतिघण्टा १ सय ५० किलोमिटरका दरले आएको आँधीले सयौं सवारीसाधन नष्ट भएका छन् । आँधीका कारण विभिन्न राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको यो आँधी टेक्सस र लुदियानातर्फ प्रवेश गरेको हो ।

आँधीका कारण यसअघि नै २० जनाको मृत्यु भइसकेको छ । भारी वर्षा जारी रहेकाले आँधीले थप क्षति पुुर्‍याउन सक्ने मौसमविद्हरुले बताएका छन् ।

टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सारिएको थियो ।

यो आँधी समुद्रबाट भू सतहको ६५ किलोमिटरसम्म फैलिएको बताइएको छ ।

-एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *