भारतमा पाँच तले भवन भत्कियो, २ को मृत्यु, १८ जना पुरिएको आशंका

news-details

महाराष्ट्रको रायगण्स्थित काजलपुरा क्षेत्रमा सोमबार साँझ पाँच तले भवन भत्किएको छ । कलेक्टरर निधि चौधरीका अनुसार उक्त दूर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ ।

सोमबार नै महाराष्ट्रका मन्त्री अदिति तत्कारे र एकनाथ शिन्दे घटनास्थल पुगेका थिए । उनीहरुका अनुसार उद्धारका लागि एनडीआरएफका तीन टोली खटिएका छन् । घटनामा गम्भीररुपमा घाइते भएकाहरुलाई मुम्बई पठाइएको छ । यस घटनाबारे एसआईटीले जाँच गराइने उनीहरुको भनाइ थियो ।

यता, गृहमन्त्री अमित शाहले ट्वीट गर्दै रायगढमा भएको घटनाबारे एनडीआरएफका डीजीसँग आफ्नो कुराकानी भएको र उद्धारका लागि हरसम्भव प्रयास गरिएको बताएका छन् ।

एक अधिकारीका अनुसार मुख्यमन्त्री उद्धव ठाकरेले पनि जिल्लाका अधिकारीहरुसँग कुराकानी गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भवन १० वर्ष पुरानो रहेको थियो र त्यहाँ ५० परिवार बसोबास गर्दै आएका थिए । रायगढका शिवसेनाका विधायक भरत गोगावलेले भवन निर्माणमा कमसल वस्तुको प्रयोग गरिएको आरोप लगाएका छन् । उनले यही कारणले भवन भत्किएको दाबी गरे ।

स्रोत : दैनिक भास्कर

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *