भारतमा एकै परिवारका ५ जनालाई घरमै झुण्ड्याएर हत्या

news-details

भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।

परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीका अनुसार उनीहरूको हत्या गरिएको पाइएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ ।

उनीहरू एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।

भारतीय राज्य मध्यप्रदेशको टिकामगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबैजना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिए ।

खरेलले सञ्चारमाध्यमहरूलाई आफूहरूले वैज्ञानिकरूपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।

-रासस/एएनआई

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *