भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

news-details

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ। हृदयाघातका कारण ‘अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस’, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ।

६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्।

स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।

उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन् । भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन् । स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन् । चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन् । उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सा‌ंसद भइसकेकी छन् ।

हरियाणाबाट चुनाव जितेकी उनी २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्।

उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *