ब्राजिलको जेलमा कैदीबन्दीबीच ग्याङफाइट हुँदा ५२ को मृत्यु

news-details

ब्राजिलको एक जेलमा भएको झडपमा ५२ जनाको मृत्यु भएको छ । कैदीबन्दीका दुई समूहबीच करिब पाँच घण्टा चलेको उक्त झडपमा कम्तिमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ ।

अल्तामिरा जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गरेका थिए । १६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने जेलमा लगाइएको आगोमा निसास्सिएर अन्यको ज्यान गएको त्यहाँका अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएका थिए। जेलमा एउटा ब्लकमा रहेका कैदीबन्दीले अर्को ब्लकमा आगो लगाएका समाचारमा जनाइएको छ ।

ठूलो संख्यामा अव्यवस्थित किसिमले कैदीहरू राखिएका कारण घटना नियन्त्रणमा लिन प्रहरीले नसकेको जनाइएको छ । २०० जना कैदी राख्ने क्षमता भएको यो करागारमा अहिले ३०९ जना राखिएको समाचारमा उल्लेख छ । भिडियोमा जेलको छतमा धुवाँ उडिरहेको देखिन्‍छ ।

घटनाको अनुसन्धानपछि दोषीहरूलाई अलग राखी कारबाही गरिने अधिकारीहरूले जनाएका छन् ।

सन् २०१७ मा पनि ब्राजिला जेलमा रहेका कैदीका समूहबीच झडप हुँदा १२० जनाको मृत्यु भएको थियो । जेलमा अधिकांश लागुऔषध ओसारपसार र कारोबारसँग सम्बन्धित कैदीहरू हुने गर्छन् । जुन २०१६ सम्मको तथ्यांकअनुसार यहाँका जेलमा ७ लाख कैदी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *