भूमध्यसागर पार गर्ने क्रममा शरणार्थी सवार जहाज दुर्घटना

डेढ सय बढीको मृत्यु
news-details

लिवियामा शरणार्थी सवार पानीजहाज दुर्घटना हुँदा कम्तीमा एक सय ५० जनाको मृत्यु भएको छ । एक सय ५० जना बेपत्ता छन् भने केही डुब्नबाट बचेका छन् ।

लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट सो जहाज हिँडेको थियो । जहाज भूमध्यसागर पार गर्ने क्रममा दुर्घटनामा परेको हो ।
संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ ।

माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले देखेपछि केहीको ज्यान बचेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

हजारौं शरणार्थीले हरेक वर्ष भूमध्यसागर पार गर्ने गरेका छन् । यसमा अधिक संख्या लिबियाको शरणार्थीको छ । यस्ता शरणार्थीहरू पुराना जहाजमा खचाखच भरिएर यात्रा गर्ने गरेका छन् । जसका कारण पानीजहाजहरू बारम्बार दुर्घटनामा पर्ने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *