दुबईकी रानी दुई छोराछोरी र ३ अर्ब रकमसहित बेपत्ता

news-details

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन बेपत्ता भएकी छिन् । मिरर डट कमको अनुसार हुसैन दुई बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ अर्ब रुपैयाँ) लिएर बेपत्ता भएकी हुन् ।

उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेको मिररले जनाएको छ । उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी हुन् । शेख मुहम्मद अहिले युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

रानी हुसैन जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् ।

उनले जर्मनीमा सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी मे २० देखि सामाजिक सञ्जालहरुमा समेत देखिएकी थिइनन् ।

अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ ।

केहि सञ्चारमाध्यमले उनलाई दुबईबाट निकाला गरिएको जनाएको छ । उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ ।

यसले गर्दा दुबई र जर्मनबीबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ । यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *