अदालतभित्रै पूर्वराष्ट्रपतिको निधन

news-details

एजेन्सी / इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए । बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको हो ।

उनी सन् २०१३ मा अपदस्थ गरिएका थिए । सन् २०१२ मा निर्वाचित भएको एक वर्षपछि नै इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए । जेलमा पनि मोर्सीलाई एकान्त ठाउँमा राखिएको थियो । उनका परिवार तथा कानुन व्यवसायीसँग पनि निकै कममात्र भेट गर्ने दिने गरिएको थियो । अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो । अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ।

मुस्लिम ब्रदरहुडले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *