बेलायतका राजकुमार ह्यारी र मेगन बने बुबाआमा

news-details

एजेन्सी /बेलायतका राजकुमार ह्यारी र अधिराजकुमारी मेगन मर्केल बुबाआमा बनेका छन् ।

स्थानीय समय अनुसार सोमबार ५ बजेर २६ मिनेटमा उनीहरूको छोराको जन्म भएको हो ।

ड्यूक एन्ड डचेज अफ ससेक्सः ह्यारी र मेगनको विवाह भएको ११ महिनामा पहिलो बच्चा जन्मिएको हो ।

बकिङहम दरबारले जनाएअनुसार उनीहरूको बच्चाको तौल ३.२ किलो छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्यारी र मेगनका छोरा वंशावली अनुसार राजा हुने क्रमको सातौं नम्बरमा पर्छन् । ह्यारी र मेगनका छोरा महारानी एलिजावेथ द्वितियका आठौं पनाति हुन् ।

राजकुमार ह्यारीले आफूहरू एकदमै खुसी भएको भन्दै बच्चाको नामबारे अझै पनि सोचिरहेको बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *