श्रीलंकामा आज राष्ट्रिय शोक, सामूहिक अन्त्येष्टि गरिँदै

बम बिस्फोट हुँदा अहिलेसम्म ३१० जनाको मृत्यु
news-details

श्रीलंकामा आइतबार भएको बम आक्रमणलाई लिएर आज मंगलबार राष्ट्रिय शोक मनाइएको छ । आइतबार विभिन्न ८ स्थानमा बम बिस्फोट हुँदा अहिलेसम्म ३१० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको आज सामूहिक अन्त्येष्टि पनि गरिने बताइएको छ । आज श्रीलंकामा तीन मिनेट मौन धारण गरिएको थियो । गएराति १२ बजेबाट देशभर संकटकालको घोषणा गरिएको छ ।

अदालतको आदेश नलिईकन खानतलासी गर्न सुरक्षा निकायलाई सजिलो बनाउन संकटकाल लगाइएको हो । प्रहरीले अहिलेसम्म शंकाको आधारमा ४० जनालाई गिरफ्तार गरेको प्रहरी प्रवक्ताले बताएका छन् । सामूहिक अन्त्येष्टि स्थानीय सेन्ट सेबास्टियन्स चर्च नेगोम्बोमा गर्न लागिएको छ । सो स्थान कोलम्बोको उत्तरी भागमा पर्दछ । त्यो स्थान आइतबार आक्रमणकारीले लक्षित गरेको स्थानमध्येको एक हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *