न्युजिल्यान्डका दुई मस्जिदमा गोलाबारी : २७ जनाको मृत्यु, अझ धेरै हताहत भएको अनुमान

news-details

एजेन्सी– न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएको छ । गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ । अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ ।

प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भुइँमा लडेको देखेको बताएका छन् ।

डेलीमेलले २७ जनाको मृत्यु भएको जनाएको छ । अझै मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीले जनाएका छन् ।

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो ।

प्रहरी अधिकारी माइक बुसका अनुसार गोलाबारी गर्नेमध्ये एक व्यक्तिलाई हिरासतमा लिइएको छ । उनले भने, ‘अहिले यस घटनामा कोको संलग्न थिए भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले देशका नाममा सम्बोधन गर्दै न्युजिल्यान्डको अहिलेसम्मकै कालो दिन भएको बताएका छन्।

उक्त एरियाका अस्पताल र स्कुल बन्द गर्न लगाइएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *