भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा खसाल्यो बम

news-details

भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् । उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् ।

भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम खसालेको बताइएको छ । भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन ।

१४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का ४० जनाभन्दा बढी जवानको ज्यान गएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *