पाकिस्तानमा आज आम निर्वाचन हुँदै

news-details

पाकिस्तानमा आज संसदीय निर्वाचन हुँदैछ । दोस्रोपटक निर्वाचनमार्फत् सत्ता हस्तानतरण गर्न लागेको हो । चुनावअघिका हिंसाका कारण उच्च सुरक्षा संवेदनशीलता अपनाइएको छ ।

३० भन्दा बढी राजनीतिक दल निर्वाचनमा सहभागी छन् । १० करोड ६० लाखभन्दा बढी मतदाताले मतदान गर्दैछन् । मतदानका लागि करिब ८५ हजार मतदान केन्द्र स्थापना गरिएको छ ।

मतदाताले प्रत्येक दुर्इ सिटका लागि मतदान गर्नु पर्नेछ । एउटा राष्ट्रियसभाका लागि र अर्को प्रान्तीय सभाका लागि मतदान हुनेछ । बलोचिस्टान, खाइबर, पाकतुनखवा,पञ्जाव र सिन्ध प्रान्तमा पनि आजै मतदान हुँदैछ।

राष्ट्रियसभाका लागि कूल ३४२ सिटमा कम्तीमा १३७ सिट जित्ने पार्टीले केन्द्रमा सरकार गठन गर्न सक्छ ।

नवाज शरिफको पाकिस्तान मुस्लिम लिग (नवाज) र इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरिक इ इन्साफबीच यसपटक कडा टक्कर हुने आँकलन गरिएको छ ।

यस्तै बेनेजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारीले नेतृत्व गरिरहेको पाकिस्तान पिपल्स पार्टी पनि प्रतिस्पर्धामा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *