नाइजेरियामा बाढी : ४९ जनाको मृत्यु, २० अझै बेपत्ता

news-details

बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ भने आपतकालीन सेवाका अधिकारीहरूले दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

जिविआ जिल्लाको ५ गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको समाचारमा जनाइएको छ । आइतबार रातभर आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले जानकारी दिए ।

‘हामीलाई अहिलेसम्म ती ५ गाउँबाट ४९ जनाको शव भेटिएको विवरण प्राप्त भएको छ,’ उनले भने । आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिए।

बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताए ।

बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन् । विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ । रासस/एएफपी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *