बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

news-details

बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ । अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गरेकी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरु थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा थप सेना पठाउन नेटो गठबन्धन बेलायतलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री मेले ती सेनाहरु वेल्स गार्डस् रेजिमेन्ट्सबाट पठाइने जानकारी दिइन् । साथै ४४० सेनामध्ये आधालाई आगामी अगष्ट महिनामा र अरू आधा भने आगामी वर्षको फेब्रुअरीमा पठाइने जानकारी दिएको समाचारमा जनाइएको छ । ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उनले दिएको समाचारमा जनाइएको छ ।

यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् । तीमध्ये करिब १३ हजार जना अमेरिकी सैनिक मात्र रहेको ब्रसेल्समा आयोजित उक्त नेटो बैठकमा जानकारी गराइएको प्राप्त समाचारमा जनाइएको छ । –रासस/एएफपी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *