पर्यटक उद्धार प्रक्रिया झण्झटिलो, सहज बनाउन माग

news-details

टे«किङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् । टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज बनाउन माग गर्नुभएको हो ।

नाट्टाका अध्यक्ष पाण्डेले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला पर्यटक उद्धार प्रक्रिया झन्झटिलो हुँदा समस्या उत्पन्न हुने बताउनुभयो । “यस्तो प्रक्रियाले विदेशमा समेत नेपाली पर्यटनबारे नकारात्मक सन्देश जाने देखिन्छ,”–उहाँले भन्नुभयो ।

टान र नाट्टाले नेपालको पर्यटकीय क्षेत्रको पूर्वाधार ज्यादै निम्नस्तरको र कमजोर भएकाले जुनसुकै बेला पनि हुनसक्ने प्राकृतिक प्रकोपका कारण दुर्घटना हुने भएकाले पर्यटक उद्दार नीतिलाई सहज बनाई समयमै पर्यटकको उद्धार गर्ने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका हुन् । रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *