बर्सेनि २५ लाख पर्यटक भित्र्याउने पर्यटन मन्त्रालयको महत्वाकांक्षी लक्ष्य

news-details

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी ५ वर्षभित्रमा वार्षिक २५ लाखभन्दा बढी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । पर्यटन विकासका लागि ५ वर्षे कार्यदिशा सार्वजनिक गर्दै मन्त्रालयले आगामी ५ वर्षभित्र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य तय गरेको छ ।

मन्त्रालयका अनुसार हाल वार्षिक १० लाखको हाराहारीमा पर्यटक नेपाल भित्रन्छन् । त्यस्तै, मन्त्रालयले पर्यटकका लागि सबै जिल्लालाई समेट्नेगरी १ सय वटा प्रमुख गन्तव्य विकास गर्ने लक्ष्य पनि लिएको छ ।

आगामी ५ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र सुधार गर्ने मन्त्रालयले जनाएको छ । उक्त अवधिमा नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा ‘न्यारो बडी’ र ‘वाइड बडी’ गरी १० वटा जहाज सञ्चालनमा ल्याउने योजना मन्त्रालयको छ । निगमलाई नेपालको अन्तर्राष्ट्रिय हवाइ व्यापारको ६० प्रतिशत हिस्सासहित प्रमुख बाहक बनाउने कार्यदिशामा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *