वायुसेवा निगमको दोस्रो वाइडबडी विमान ‘मकालुु’ आइपुग्यो काठमाडौ

news-details

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । ‘मकालुु’ नाम दिइएको उक्त विमान बिहिबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् ।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।

यसअघि गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *