नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ ।
पोखरा एभेन्जर्सले दिएको १ सय ४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा ओर्लिएको पोखराले सात विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।








