काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल पराजित भएको छ।

भर्खरै सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले स्तब्ध बनेको हो। बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो।

इन्जुरी समयमा ९३ औं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन्।

२२ औं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नरबाट आएको बलमा गीताले गोल गरेकी हुन्।

४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्।

जितसँगै फाइनलमा स्थान बनाएको बंगलादेशले घरेलु टोली भारत र भुटानबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।