भारतले आइतबार न्युजिल्यान्डलाई ९८ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । २ सय ५६ रनको विजय लक्ष्य लिएर आएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो ।

न्युजिल्यान्डबाट ओपनर टिम सेइफर्टले ५२ तथा कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । भारतको जस्प्रित बुमराहले ४ ओभरमा १५ रनमात्र खर्चेर ४ र अक्षर पटेलले ३ ओभरमा २७ रनमात्र खर्चेर ३ विकेट लिए ।

उपाधि रक्षा गर्ने भारत पहिलो टोली भएको छ । दुई वर्ष अघि वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । साथै भारत ट्वान्टी–२० विश्वकप ३ पटक जित्ने पहिलो राष्ट्र पनि भएको छ । ट्वान्टी–२० विश्वकपको १० संस्करणमा पहिलो पटक घरेलु टाली विजेता बनेको हो ।

यसअघि सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । अभिषेकले २१ बलमा ५२ रन बनाए ।