रोजगार मञ्चरोजगार मञ्च
———
Rojgar Media Pvt. Ltd.
Rojgar Media Pvt. Ltd.
रोजगार मञ्चरोजगार मञ्च
———
गृहसमाचाररोजगारअन्तर्वार्ताबिजनेसएनआरएनप्रवासफिचरकलाखेलटि. भी.
———
अवसर
Rojgar Media Pvt. Ltd.

नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न

काठमाडौं — पिकलबल एसोसियसन नेपालको आयोजना तथा अरुण चौधरी फाउण्डेसन र सपोर्ट नेपाल यूकेको सहयोगमा नेपाल–ब्रीटेन फ्रेण्डली पिकलबल टुर्नामेन्ट शुक्रबार

नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न
स

सम्पादकीय टोली

फाल्गुन १९, २०८२

अक्षर आकार

नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न

काठमाडौं — पिकलबल एसोसियसन नेपालको आयोजना तथा अरुण चौधरी फाउण्डेसन र सपोर्ट नेपाल यूकेको सहयोगमा नेपाल–ब्रीटेन फ्रेण्डली पिकलबल टुर्नामेन्ट शुक्रबार काठमाडौंको हात्तिगौडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न भएको छ।

प्रतियोगितामा नेपाल र बेलायतका गरी कुल ५० जना खेलाडीले पुरुष डबल्स र महिला डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए। ५० वर्षभन्दा माथिका उमेर समूहका खेलाडीबीच भएको प्रतिस्पर्धा विशेष रोचक बनेको थियो। पुरुषतर्फ सबै पदक नेपालले हात पारेको छ भने महिलातर्फ बेलायती खेलाडीले वर्चस्व जमाए । समग्रमा नेपाल र यूकेले बराबरी पदक जित्दै प्रतियोगिता सन्तुलित बनेको छ। पुरुष डबल्सतर्फ नेपालका दीपेन्द्र बज्राचार्य र मनोज कुमारको जोडीले स्वर्ण पदक जिते।

जोहन माकजु र लक्ष्मण थापाको जोडीले रजत पदक जित्दा हर्षसागर तुलाधर र मणिक रत्न शाक्यले कास्य पदक हात पारे। महिला डबल्सतर्फ Karyn Duggan र Claire McKnight ले स्वर्ण पदक जिते भने Steph Grace र Pam Simpson ले रजत पदक जिते। Jenni र Sue Andrew को जोडीले कास्य पदक जित्न सफल भयो।

नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न

प्रतिष्ठित व्यवसायी अरुण चौधरीको प्रमुख आतिथ्यतामा खेलाडीहरूलाई पदक वितरण गरिएको थियो। प्रमुख अतिथि चौधरीले पिकलबल खेलबाट आफू निकै प्रभावित भएको बताउँदै छिट्टै स्वयं पनि खेल सुरु गर्ने घोषणा गरे। आगामी प्रतियोगितामा सहभागी हुने प्रतिबद्धता जनाउँदै उनले खेलाडीहरूलाई उत्साह प्रदान गरे।

टुर्नामेन्टबारे जानकारी दिँदै पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले खेल पर्यटनमा ठूलो सम्भावना बोकेको पिकलबललाई नेपालमा तीव्र रूपमा विस्तार गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। आगामी दिनमा यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्दै खेलको विस्तारलाई थप गति दिने योजना रहेको उनले बताए। देशभर पिकलबल पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उनले केही वर्षभित्र पिकलबल नेपालकै सबैभन्दा रुचाइएको खेलमध्ये एक बन्ने विश्वास व्यक्त गरे।

केही वर्षअघि बेलायतमा बस्ने समाजसेवी नवीन गुरुङले नेपालमा पिकलबल भित्र्याएका थिए। हाल पिकलबल एसोसियसन नेपालले यसको प्रवर्द्धन गर्दै आएको छ। संसारभर तीव्र रूपमा फैलिएको पिकलबल खेल नेपालमा पनि द्रुत गतिमा लोकप्रिय बन्दै गएको छ ।

 

 

 

 

 

 

 

Rojgar Media Pvt. Ltd.
Rojgar Media Pvt. Ltd.
Rojgar Media Pvt. Ltd.
Rojgar Media Pvt. Ltd.

सम्बन्धित समाचारसबै हेर्नुहोस्

आईसीसी विश्वकप लिग २ : ओमानमाथि नेपालको सहज जित

आईसीसी विश्वकप लिग २ : ओमानमाथि नेपालको सहज जित

राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

एसियन गेम्स क्रिकेट : अफगानिस्तानमाथि नेपालको शानदार जित

एसियन गेम्स क्रिकेट : अफगानिस्तानमाथि नेपालको शानदार जित

Rojgar Media Pvt. Ltd.

रोजगार मिडिया प्रा.लि

  • सूचना विभाग दर्ता नंः २००६/०७७/०७८
  • Gyaneshwor, Kathmandu, Nepal
  • +977 1 4531043
  • rojgarmanch@gmail.com

क्विक लिंक

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • हाम्रो समूह
  • सम्पर्क
  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू

हाम्रो समूह

प्रमुख व्यवस्थापक
फणिन्द्र दाहाल
सल्लाहकार सम्पादक
युवराज नयाँघरे
सम्पादक
सुमन गिरी
सह सम्पादक
उत्तम भट्टराई
स्तम्भकार
हरिराम पौडेल, शम्भू सुस्केरा
संवाददाता
हेमन्त राज गौतम, हरि बहादुर थापा, पर्वत बिक, मोहन सुवेदी

Copyright © २०२६ Rojgar Media Pvt. Ltd. All rights reserved.

रोजगार मञ्चरोजगार मञ्च

Developed by Webtech Nepal