कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।

१४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन र्सारफले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए ।

कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मीत सिंहले २ विकेट, अविनाश बोहराले २ र स्कट कुगेलेइन तथा हेमन्त धामीले १-१ विकेट लिए ।