आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ।

बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकाल्यो। यससँगै सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई दुई खेल नै गुमाउँदै लगातार चार खेलमा पराजय भोग्यो।

बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९.१ ओभरमा पूरा गर्‍यो‍।

आजको जितसँगै युएईले २० खेलबाट १० अंक जोडेको छ। नेपालको १२ अंक छ। अंक तालिकामा युएई पुछार अर्थात् आठौं स्थानमा छ भने नेपाल सातौं स्थानमा छ। सिरिजमा चारै खेल जितेको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ।