आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।
आज भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेर १० विकेटको क्षतिमा १७१ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २७३ रन बनायो ।








