नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्यो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । काठमाण्डुको जितमा जेरार्ड एरास्मस ४३ रनमा अविजित रहदा जोन सिम्पसोनले ४१ रन बनाए । यस्तै वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए ।
बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।
कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरेका थिए । उनले २२ बलमा अविजित ४९ रन बनाए ।मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।
बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट लिए ।
योसँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ ।








