विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १२६ रनमा समेटियो । यो हारसँगै विराटनगरको अपराजित यात्रा टुगिंएको छ ।
विराटनगरका लागि मार्चेन्ट डि लाङले सर्वाधिक ३९ रन, प्रतिश जिसी ३० र साम हिजलेटले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका रञ्जित कुमारले ५ विकेट लिए । कमलसिंह ऐरी २, सोहिल तन्विर, सैफ जैव र कप्तान कुशल मल्लले एक-एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । कप्तान कुशल मल्ल २०, सैफ जैब ३२, दीपक बोहरा ५, डविड मलान १७ र देव खनाल २८ रनको योगदान दिए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २–२ तथा शुभव रन्जनेले एक विकेट लिए ।








