काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान रोहिल पौडेलको अर्धसतकसहित १४७ रन बनाएको थियो । जवाफि व्याटिङमा उत्रिएको कतारले अलआउट हुदा १४२ रन बनायो ।
हार उन्मुख नेपाली टिमलाई सन्दिप लामिछानेको बलिङले राहत दिलायो उनले अन्तिम ओभरमा जित दिलाउदै ५ विकेट लिए ।








