नेपालले यूएईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको युएईले ९ विकेटको क्षतिमा १३९ रन मात्र जोडन सक्यो ।
यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।
युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। बलिङमा दीपेन्द्रसिंह ऐरी थिए भने ब्याटिङमा युएईका ध्रुव परासर र जाहिद अली थिए। पहिलो बलमा अलीले एक रन लिए। दोस्रो बल डट भयो ने तेस्रो बलमा परासरले छक्का प्रहार गरे। त्यसपछि युएईलाई तीन बलमा तीन रन चाहिएको अवस्था थियो । तर चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराए। त्यसपछि पाँचौ बलमा रन लिने क्रममा हैदर अली रनआउट भए भने अन्तिम बलमा जाहिद अलि पनि रन आउट भएपछि युएईले १३९ रन मात्र जोड्न सक्यो भने खेल नेपालले एक रनले जित्यो।
बलिङमा नेपालका दीपेन्द्रले ३ विकेट लिए। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।








