लिग चरणको अन्तिम खेलमा नेपाललाई हराउँदै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले च्याम्पियनसिपको उपाधि जितेको हो ।

बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।

उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीमा च्याम्पियन बनाइन् ।