दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८-० गोलको जित निकालेको हो।
नेपालले अब सोमबार बंगलादेशसँग खेल्नेछ।
नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । ३ खेल खेलेको घरेलु बंगलादेशको ९ अंक छ ।
लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।








