स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । यस्तै आरिफ शेखले ३९ रन, आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । यस्तै सकिब जुल्फिकारले १४ रन बनाउदा रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे ।
बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एक-एक विकेट लिए ।
नेपालले अब सिरिजको अन्तिम खेल स्कटल्याण्डसँग शुक्रबार खेल्नेछ ।








