भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

news-details

आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेले । उनले ८३ बलमा ७६ रन बनाए । श्रेयर अयरले ४८, अक्षर पटेलले २९, सुमन गिलले ३१, हार्दिक पान्ड्याले १८ रनको योगदान दिए । केएल राहुल ३४ र रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।

बलिङमा न्युजिल्यान्डका कप्तान मिचेल सेन्टनर र माइकल ब्रेसवेलले २-२ विकेट लिए । रचिन रविन्द्र र काइल जेमिसनले एकएक विकेट झारे ।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो। न्युजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए ।

१०१ बल खेलेको उनले ३ चौका प्रहार गरेका थिए । रचिन रविन्द्र ३७ र ग्लेन फिलिप्स ३४ रनमा आउट हुँदा माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । बलिङमा भारतका कुलदिप यादव र वरुण चक्रवर्थीले दुईदुई, रविन्द्र जडेजा र महोम्मद शमीले एकएक विकेट लिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *