महिला टी-२०आई शृंखला : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

news-details

त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले जित हासिल गरेको छ ।

बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र जोड्यो ।

नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक २८ रन जोडिन् । पुजा महतोले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडिन् । कविता जोशीले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाइन् । रुबिना क्षेत्रीले ११ बलमा ११ रन जोडिन् ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रनको विशाल योगफल तयार गरेको थियो ।

नेदरल्याण्ड्सका लागि रिकेले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडिन् । उनले ५९ बलमा ८ चौका प्रहार गरिन् । स्ट्रि कालिस ३५ बलमा २९ र हेटर सिगेर्स १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

आरिस विलिङले १३ बलमा ५ चौकाको सहयोगमा नट आउट ३१ रन बनाईन् । नेपालले अन्तिम ५ ओभरमा ६२ रन खर्चिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *