काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्ने व्यवसायीहरुको साझा संस्था रञ्जना व्यापार संघले तेस्रो फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न गरेको छ ।

संघका अध्यक्ष हरि पाण्डेको अध्यक्षतामा काठमाडौंको माकलबारीस्थित मनकामना फुटसलमा प्रतियोगिता सम्पन्न भएको हो । संघका उपाध्यक्ष मुरारी तिमल्सिनाको संयोजकत्वमा संघले विगतका वर्षहरुमा झैं यस वर्ष पनि मैत्रीपुर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)

व्यवसायीहरुमा भएको नैराष्यतालाई कम गर्दै खेलका माध्यमद्धारा व्यवसायीहरुबिच एकआपसमा आत्मीयता बढाउनका लागि खेलको आयोजना गरेको संघका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।

सिजनका हिसाबले पनि व्यापार नहुने सिजन भएका कारण व्यवसायीहरुलाई रिफ्रेस्मेन्ट गराउँनका लागि विगतका वर्षहरुमा झैं यसवर्षपनि प्रतियोगिता आयोजना गरेको उनले बताए ।

रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)

यसअघि आयोजना गरेको फुटसल प्रतियोगिता पुरुषहरुको लागि मात्र सहभागिता रहेको र यसै वर्षबाट महिलाहरुलाई पनि प्रतियोगितामा समावेश गराईएको संघका महासचिव महेश पौडेलले जानकारी दिए । साथै आगामी वर्षहरुमा महिलाहरुको पनि उल्लेख्य सहभागि रहने उनले बताए ।

रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)

प्रतियोगितामा पुरुषहरुको ५ वटा टिम सहभागि थिए भने महिलाहरुको २ वटा टिम सहभागि रहेका थिए । खेल लिगका आधारमा संचालन गरिएको थियो जसअन्तर्गत पुरुषमा दोस्रो फ्लोरले चौथो फ्लोरलाई पेनाल्टी सुटआउटमा हराउँदै विजेता भएको थियो । त्यस्तै महिलाहरुमा २ वटा टिमहरुमध्ये दोस्रो फ्लोर विजयी भएको थियो । साथै खेल राष्ट्रिय रेफ्रीहरुद्धारा खेल संचालन गरिएको थियो ।

रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)

त्यस्तै कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्लेयर, उत्कृष्ट गोल रक्षक र अनुशासित टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । जसअन्तर्गत उत्कृष्ट गोलकिप्पर दोस्रो तल्लाका मनोज सिग्देल, बेष्ट प्लेयर चौथो लल्लाका आर्यन पोख्रेल र अनुशासित टिम तेस्रो तल्लाका खेलाडिहरु रहेको संयोजक तिमल्सिनाले जानकारी दिए ।

रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)

खेलमा विजेता हुने टिमलाई संघले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो भने उपविजेतालाई ३० हजार रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।

रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)

रञ्जना व्यापार संघले २०७९ सालबाट तत्कालीन अध्यक्ष बिना श्रेष्ठको कार्यकालमा सुरु गरेको फुट्सल प्रतियोगिता लाई निरन्तरता दिदै यस वर्ष पनि प्रतियोगिता आयोजना गरेको हो साथै सागामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने संघले जनाएको छ ।