आजदेखि यू–१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै
- माघ ५, २०८१
- 0
आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ ।
विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दैछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ ।
नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ। गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।
नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।
0 प्रतिक्रिया
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा निर्वाचित
माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले […]
रास्वपाले अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने र रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने निर्णय गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा […]
समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन सहितको सभा गर्ने
समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । बुधबार आलोकनगरमा […]
सहिदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गरेका […]
भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुलाई घण्टौं कुर्नु पर्ने बाध्यता
एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन बाटो […]