लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ ।
आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरको यो पहिलो हार हो ।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो ।
जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । अयस्तै जैबले १८ रन, ब्राण्डन म्याकमुलेनल १३, दिलप्रित बाज्वा १२ र विनोद भण्डारी १० रनमा आउट भए । आरिफ शेख ५, कप्तान दीपेन्द्र सिंह ऐरी १ र नरेश बुढाएर ५ रनमा आउट भए ।
बलिङमा चितवनका लागि कप्तान कुशल मल्ल, अमरसिंह राउटेला र रिजन ढकालले २-२ विकेट नै लिए । यस्तै सोहेल तनविर र रन्जित कुमारले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
चितवनका लागि ओपनर हसनले ६५ रन बनाए । यस्तै रवि बोपाराले ३६ रन, विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन, सन्तोष कार्कीले ९ रन जोडे भने अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १-१ विकेट लिए ।








