साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेपनि बंगलादेशको तर्फबाट ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरे भने खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे ।
नेपालका लागि समिर तामाङले ८१ औं मिनेटमा सान्त्वना गोल गोल गरे ।








