नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन भने रुबिना क्षेत्रीले १० रन बनाइन । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाइन ।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दैछ ।