एसिसी प्रिमियर कप : साउदी ६ विकेटले पराजित, समूह चरणमा अपराजित रहदै नेपाल सेमिफाइनलमा

news-details

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । समूह ए बाट सबै ४ खेलमा जित निकालेको नेपाल समूह चरणमा अपराजित रहदै सेमिफाइनलमा पुगेको हो ।

बुधबार ओमानको अल अमरतमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्‍यो।

नेपालका लागि गुल्सन झाले नटआउट ३२ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए । त्यसअघि ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए भने कुशल मल्ल पनि २ रनमै आउट भएका थिए । यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे।

वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो।

साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २-२ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट हात पारे।

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनेको थियो। नेपालसँग पराजित भएपछि साउदी भने बाहिरिएको छ। नेपालको जितले यस समूहमा हङकङ समूह उपविजेता बनेर अन्तिम चारमा पुग्यो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *