एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरेबिया भिड्दै

news-details

एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्‍याउन सक्छ ।

त्यस्तै आजै सोही समयमा हङकङ र मलेसिया पनि खेल्दै छन् । हाल मलेसिया ३ खेलमा २ अंकसहित चौथो र हङकङ पनि ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेका छन् । यस खेलमा जित हासिल गर्ने देशले नेपाल र साउदी अरेबियाबीचको नतिजाको आधारमा मात्र सेमिफाइनलमा पुग्ने नपुग्ने निश्चित हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *