एसीसी प्रिमियर लिग : नेपालको लगातार तेस्रो जीत, हङकङलाई ८ विकेटले हरायो

news-details

ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई ११४ रनमा अलआउट गर्यो । हङकङका ओपनर अंशुमान रथले सर्वाधिक ३४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिए । यस्तै, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडेका थिए ।

११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले १२ं२ ओभरमा मात्र २ विकेटको क्षतिमा ११७ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेल १९ बलमा २ छक्का र ३ चौकासहित ३२ रन बनाएर आउट भए भने आसिफले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन जोडे ।

यसपछि क्रिजमा आएका रोहित पौडेलले २० बलमा तीन चौकासहित २५ रन र सन्दीपले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाएका थिए ।

आजको जितसँगै नेपाल सेमिफाइनलको बलियो दावेदार बनेको छ । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको थियो । नेपाल अंकतालिकाको शीर्षस्थानमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *