नेपाल ए र आयरल्याण्डबीचको अन्तिम खेल आज

news-details

काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड एबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो ।
आज आयरल्याण्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्वता जितको खोजिमा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *