एसएमएस फ्रेन्डसिप कप : नेपाल र गुजरातको उपाधि प्रतिस्पर्धा आज

news-details

त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको अन्तिम खेल आज हुँदै छ । आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट प्रतिस्पर्धा शुरु हुनेछ।

जारी प्रतियोगीतामा नेपाल र गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रबार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।

नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।

तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *