नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको पहिलो टी-२० खेल आज

news-details

नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड ‘ए’विरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।

टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि सुरु हुँदैछ ।

नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्यान्ड ‘ए’सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *