आरबीबी–एनभीए पुरुष भलिबलको उपाधि हेल्प नेपाल क्लबले जित्यो

news-details

आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको आठौं संस्करणमा पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपाल क्लबले र महिलातर्फको उपाधि एभरेस्ट भलिबल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा दुवै टोलीले विभागीय टोलीलाई पन्छाएर उपाधि जितेका हुन् ।

पुरुषतर्फ हेल्प नेपालले ३–२ ले सेट जितेर उपाधि रक्षा गरेको हो ।

हेल्प नेपालले ५ लाख, आर्मीले २ लाख तथा तेस्रो भएको पुलिस क्लबले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । गण्डकी प्रदेशलाई २५–१५, २५–२०, २९–२७ ले हराएर पुलिस तेस्रो भएको थियो ।

महिलामा एभरेस्टले ३–१ सेटमा उपाधि जितेको हो । एभरेस्टले ५ लाख, पुलिसले २ लाख, तेस्रो भएको एपीएफले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए ।

यस प्रतियोगिताबाट पुरुषतर्फ आठ र महिलाका ६ टिम अर्को वर्ष हुने आठौं एनभीए महिला तथा पुरुष भलिबल लिगका लागि छनोट भएका छन् । महिलातर्फ पुलिस, न्यु डायमन्ड, एपीएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश तथा पुरुषतर्फ हेल्प नेपाल, आर्मी, पुलिस, एपीएफसँगै कोशी, सुदूरपश्चिम, बूढानीलकण्ठ र गण्डकी प्रदेश छनोट भएको आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *