दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’, ७ हजार बढि सहभागि

news-details

प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी संघको आयोजनामा राजधानीमा ‘राइट टु प्रोटिन रन’ आयोजना भएको छ ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै जनचेतना अभिवृद्धिका लागि आयोजना गरिएको हाफ म्याराथनमा करिब ७ हजार १९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौडिएका छन् ।

पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागीले दर्ता गरेका थिए ।

१२ कक्षासम्मका विद्यार्थीका लागि पाँच र तीन किलोमिटर दौडको स्पर्धा भइरहेको छ ।

कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी दर्ता भएका थिए ।

प्रतियोगितामा पुरुष १० किमि र महिला पाँच किमि विधाका दौड भइरहेका हुन् । हाफ म्याराथनको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् ।

त्यसैगरी १० किमिको विजेताले ५० हजार र पाँच किमिको विजेताले ३० हजार रुपैयाँ पाउनेछन् ।

दशरथ रंगशालामा भइरहेको दौडमा धावकलाई १२ स्थानमा प्राथमिक उपचार र घाइते भएमा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *